२०८३ बैशाख ५ गते , शनिबार

एसिया कप : भारत र पाकिस्तानसँग खेल्न नेपाली टोलीको घोषणा

sajilo news
झापा
२०८० श्रावण २९ गते , सोमबार
एसिया कप : भारत र पाकिस्तानसँग खेल्न नेपाली टोलीको घोषणा

एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो।

टोलीमा कप्तान पौडेलसँगै आसिफ शेख, कुशल भुर्तेल, ललित राजबंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने रहेका छन्।

त्यस्तै क्यानले करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सुन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाललाई टोलीमा समावेश गरेको छ। 

नेपालले पहिलोपटक एसिया कप खेल्दैछ। एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तानबीच हुनेछ भने भारतसँगको दोस्रो खेलमा श्रीलंकामा खेल्नेछ।

सम्बन्धित समाचार