२०८३ बैशाख ३१ गते , विहीबार

दमकमा ब्राउन सुगर र नगदसहित दुईजना पक्राउ 

sajilo news
झापा
२०८० श्रावण २८ गते , आईतबार
दमकमा ब्राउन सुगर र नगदसहित दुईजना पक्राउ 

झापाको दमकमा ब्राउन सुगर र नगदसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दमक नगरपालिका- २ भाङवारि बस्ने २३ वर्षीय पूजन दुलाल र दमक- ७ क्षितिज टोल बस्ने २१ वर्षीय सचिन मगर रहेका छन् ।

दमक नगरपालिका- २ स्थित भाङवारि बस्ने दुलालको घर कोठामा प्रतिबन्धित लागू औषध ब्राउन सुगर बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले गए राति साढे ९ बजे दुलाल र मगरको शरीर तथा कोठा तलासी गर्दा उनीहरू बसेको कोठाबाट ४ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान, मोबाइल ३ थान र नगद १ लाख २३ हजार ९०० फेला पारेको थियो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।

सम्बन्धित समाचार