२०८० मंसीर १६ गते , शनिबार

झापामा सकियो यो वर्षको धान रोपाइँ 

sajilo news
झापा
२०८० श्रावण २६ गते , शुक्रबार
झापामा सकियो यो वर्षको धान रोपाइँ 

अन्न भण्डारको उर्वरभूमि मानिने झापा जिल्लामा यस वर्षको रोपाइँ सकिएको छ । झापामा ८७ हजार ५ सय हेक्टर खेतीयोग्य जमिनमध्ये ९८ प्रतिशतमा धान रोपाइँ भएको हो ।

साउन १५ गतेसम्म ९८ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । एकाध किसानले केही खुट्टीमा खरियन रोप्न बाँकी रहे पनि करिब करिब रोपाइँ सकिएको उनले बताए । जिल्लामा शतप्रतिशत रोपाइँ नहुने गरेको उनको भनाई छ । कोशी प्रदेशमा साउनको चौथो सातासम्म ९० प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधिमा ८८ प्रतिशत धान रोपाइँ भएको थियो ।

सम्बन्धित समाचार