२०८३ बैशाख ५ गते , शनिबार

म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी शिल्ड

sajilo news
एजेन्सी
२०८० श्रावण २२ गते , सोमबार
म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी शिल्ड

कम्युनिटी शिल्डको उपाधि आर्सनलले जितेको छ। ​ गएराति भएको खेलमा  म्यानचेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४-१ ले पराजित गर्दै उपाधि हात पारेको हो। ​ वेम्बली स्टेडियममा आइतबार भएको खेलमा १-१ को बराबरीमा रोकिएपछि सिटीलाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै आर्सनलले कम्युनिटी शिल्ड जित्यो, जुन यो सिजनको खेल सुरु भएको मानिन्छ।

खेल सामान्यतया गत सिजनको प्रिमियर लिग र एफए कपका विजेताहरू बीच खेलिन्छ। तर, पहिलो पटक च्याम्पियन्स लिगसहितको उपाधि ट्रेबल एकैसाथ सिटीले जितको हुनाले आर्सनलले  लिगमा उपविजेताको रूपमा भाग लियो। 

७८औं मिनेटमा कोल पाल्मरले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।  तर, दोस्रो हाफको थपिएको समयको ११औं मिनेटमा लिआन्ड्रो ट्रोसार्डले गोल गर्दै खेल पेनाल्टीमा पुर्याएका थिए। पेनाल्टीमा सिटीका तीन खेलाडीले गोल गर्न सकेनन्।

सम्बन्धित समाचार