२०८३ बैशाख ५ गते , शनिबार

हल्दिबारी गाउँपालिकाद्वारा आय-व्यय सार्वजनिक (विवरणसहित) 

sajilo news
झापा
२०८० श्रावण २१ गते , आईतबार
हल्दिबारी गाउँपालिकाद्वारा आय-व्यय सार्वजनिक (विवरणसहित) 

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा खर्चको गरेको आय-व्यय विवरण सार्वजनिक गरेको छ । पालिकाले सार्वजनिक गरेको विवरण अनुसार गत आव २०७९/०८०को अवधिमा जम्मा वास्तविक आय ४३ करोड २५ लाख ५२ हजार ४ सय २८ रुपैयाँ ११ पैसा रहेको छ । 

 जसमध्ये सङ्घीय सरकारबाट ३२ करोड ४३ लाख १४ हजार ८ सय २५ रुपैयाँ ३० पैसा, प्रदेश सरकारबाट २ करोड ८ लाख २१ हजार २ सय ६२ रुपैयाँ १६ पैसा, राजस्व बाँडफाँडबाट ५ करोड ६४ लाख ९५ हजार ४ सय १३ रुपैयाँ २७ पैसा र आन्तरिक स्रोतबाट ३ करोड ९ लाख २० हजार ९ सय २७ रुपैयाँ ३८ पैसा आम्दानी भएको विवरण पालिकाले सार्वजनिक गरेको छ ।

त्यसैगरी खर्च तर्फ पालिकाले जम्मा ४३ करोड ९७ लाख ४६ हजार ६ सय ७६ रुपैयाँ ७१ पैसा खर्च गरेको छ। चालू खर्चतर्फ २८ करोड १० लाख ४९ हजार ९ सय ७४ रुपैयाँ ७१ पैसा र पुँजीगततर्फ १५ करोड ८६ लाख ९६ हजार ७ सय २ रुपैयाँ खर्च गरेको जनाएको छ। पालिकाको सही छापसहित सार्वजनिक गरिएको आयव्यय विवरणमा प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईँको हस्ताक्षरसमेत रहेको छ ।

पालिकाले सार्वजनिक गरेको यस्तो छ आय-व्यय विवरण

सम्बन्धित समाचार