२०८३ बैशाख ३ गते , विहीबार

भारतको सिलगुढीबाट काठमाडौँ सञ्चालन हुने बसबाट २ लाख ७० हजारको अवैध सामान बरामद

sajilo news
झापा
२०८० श्रावण १८ गते , विहीबार
भारतको सिलगुढीबाट काठमाडौँ सञ्चालन हुने बसबाट २ लाख ७० हजारको अवैध सामान बरामद

झापा । भारत पश्चिम बङ्गालको सिलगुढीदेखि काँकडभिट्टा हुँदै काठमाडौँ सञ्चालन हुने यात्रुवाहक बसबाट २ लाख ७० हजार मुल्य बराबरको अवैध सामान बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय र मेची भन्सार कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले भारतबाट नेपाल प्रवेश गरेका भारतीय नम्बर प्लेट भएका डब्लुबी १९ एल ६१६१ नम्बरको बसबाट २ लाख ७० हजार ३५० रुपैयाँको विभिन्न सामान बेवारिसे अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

भारतबाट यात्रु बोकेर नेपाल प्रवेश गरेको सो बसलाई मेचीनगर- ६ स्थित भन्सार गेट अगाडी चेकजाँचको क्रममा गाडी छोप्ने कवर २३ पिस, सुटकेस ग्लोप १ प्याकेट, ९ जोर जुत्ता, ३ जोर चप्पल, एक पिस जिन्स पेन्ट, ३ पिस सर्ट, १२ पिस नाइटी, एक पिस टाउजर, ३ पिस लेडिज ब्याग, १८ पिस हाप पेन्ट, एक पिस जम्पट, ५ पिस भेष्ट, ५ रोल बिजुलीको तार, ३७ पिस गाडीको हर्न, ६ पिस गाडीको एयर प्रो र एक कार्टुन कमोडल बरामद गरिएको डीएसपी रिजालले बताए । नेपाल- भारत मैत्री सो बस सेवा पश्चिम बङ्गाल सरकारले नेपालका लागि सञ्चालन गर्दै आइरहेको छ । 

बसभित्रबाट बरामद गरिएको सामानको धनी भनेर कोही सम्पर्क नआएको उनको भनाई छ । बरामद गरिएको सामानलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय बुझाइसकेको उनले बताए । सामान बरामद गरिएपनि बसलाई काठमाडौँ गन्तव्यतर्फ जाने दिइएको बताइएको  छ । 

सम्बन्धित समाचार