२०८३ बैशाख ३१ गते , विहीबार

भद्रपुरकी सङ्गीता बहुविवाह मुद्दामा पक्राउ

sajilo news
झापा
२०८० श्रावण १५ गते , सोमबार
भद्रपुरकी सङ्गीता बहुविवाह मुद्दामा पक्राउ

भद्रपुर । साबिक पृथ्वीनगर- ४, हाल भद्रपुर नगरपालिका- २ की सङ्गीता जोगी प्रधान बहुविवाह मुद्दामा पक्राउ परेकी छिन् । उनलाई झापा कारागार भद्रपुर चलान गरिएको छ । झापा जिल्ला अदालतले २०७१ पुस ७ गते बहुविवाह मुद्दामा सजाय तोकेपछि ३२ वर्षीया जोगी फरार थिइन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले शनिवार पक्राउ गरेको हो । फैसला कार्यान्वयनका लागि आइतबार झापा जिल्ला अदालतमा उपस्थित गराइएपछि कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

सम्बन्धित समाचार