२०८३ बैशाख ३० गते , बुधबार

जुत्ताभित्र खैरो हेरोइन ल्याउने एक युवक काँकडभिट्टाबाट पक्राउ

sajilo news
झापा
२०८० श्रावण १० गते , बुधबार
जुत्ताभित्र खैरो हेरोइन ल्याउने एक युवक काँकडभिट्टाबाट पक्राउ

झापा । झापामा प्रतिबन्धित लागू औषधसहित प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ । मङ्गलवार बेलुकी ७ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इलाम चुलाचुली गाउँपालिका-४ आइतबारे बस्ने २७ वर्षीय धिरज हिमाङ्लाई चेकजाँच गर्दा निजले लगाएको जुत्ताभित्र प्रतिबन्धित लागू औषध खैरो हेरोइन ३५ ग्राम फेला परेकोले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार