२०८३ बैशाख ३ गते , विहीबार

इलामको पशुपतिनगर नाकाबाट तस्करी : भारत लैजाँदै गरेको ८ लाख ७५ हजारको चुरोट बरामद

sajilo news
इलाम
२०८० श्रावण १० गते , बुधबार
इलामको पशुपतिनगर नाकाबाट तस्करी : भारत लैजाँदै गरेको ८ लाख ७५ हजारको चुरोट बरामद

इलामको पशुपतिनगर आसपासका नाकाबाट तस्करी गतिविधि अझै रोकिएको छैन । सो नाकाबाट ठुलो परिणामका सरसामान भारततर्फ तस्करी हुँदै आएको छ । यसैक्रममा सशस्त्र प्रहरीले ठुलो मात्रामा सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।

जिल्लाको सूर्योदय नगरपालिका-२ चारमाइलस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले ८ लाख ७५ हजार रुपैयाँ बराबरको सुर्तीजन्य सामान बरामद गरेको हो। नेपालबाट अवैध रूपले भारततर्फ लैजाँदै गरेको खुकुरी चुरोट १७ कार्टुन र शिखर चुरोट २ कार्टुन प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगर इलामले बरामद गरेको जनाइएको छ । 

सामान लैजाँदै गरेका व्यक्तिहरू भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै सोही ठाउँमा सामान छाडेर फरार भएका थिए । बरामद गरिएको सामान पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाइएको छ।

सम्बन्धित समाचार