२०८० आश्विन ९ गते , मंगलबार

गुमनाम 'धर्तीको कालो सुन' करेसाबारीमा

sajilo news
आर.के. काजी
२०८० श्रावण ७ गते , आईतबार
गुमनाम 'धर्तीको कालो सुन' करेसाबारीमा

"हरियो वन नेपालको धन" उखानैमा सीमित राखी सपना बुन्ने नेपाली विशेषता । नजिकैको तीर्थ हेला झैँ भारत, चीन, कम्बोडिया, सिङ्गापुर, मलेसिया , मालदिभ्स, भुटान, बङ्गलादेश, म्यानमार, ईण्डोनेशिया लगायत दक्षिण एसियाका धेरै देशमा अघोरी ठुलो मात्रामा उत्पादन हुने गरेको छ । जहाँसम्म नेपालको सवाल छ । अघोरी बहुमूल्य वनस्पति हो । झापा, इलाम, पाँचथर, बागलुङ, नवलपरासी जिल्लामा भाग्यमा भए बुङ्गो फल्छ अनि त बैङ्क नै खालि गरिदिन्छ सरकारले भनेर करेसाबारीमा आसामको जङ्गल चारेर आएकाले कोसेली जगाएको पाइन्छ ।

नेपाल सरकार वन अनुसन्धान विभागका उच्च व्यक्तिबाट समेत २०७२ सालमा तिर्खा नमेटिएपछि म भुईँफुट्टा वनस्पतिविद् भारतको केरेला घुमेर अगरवुड वनस्पति नेपाल मे हो सकता है भनेर डा.सामुदिनले भनेपछि शिक्षक मित्र तारा रेग्मीको साथमा कम्ती कुदिएन तर नजिकको तीर्थ हेला भनेझैँ बुवाले हैट यो त अघोरी हो केटा फलानो ठाउँमा थुप्रै छ भनेपछि बल्ल व्यवहारिक ज्ञान र प्रयास कृषकका लागि सफल भयो भन्ने ठानेर वन कार्यालय छिरेर ज्ञान बढ्न थालेको त अघोरी त साधु होइन र भनेपछि यात्रा राम्रै हुने देखियो ।

झापामा आसामबाट ल्याएर रोपिएको कोसेली ( अघोरी ) देशभरि पुग्ने गरी अहिले पनि जन्मी रहेको छ । झापाको अघोरीले नेपालभरि आफ्नो सुगन्ध फैलाउनेछ । मधेसका फराकिला फाँट देखि १००० मिटर उचाइ सम्मका पारिला पाखाहरूमा ठुलो मात्रामा अघोरी खेती गरेर किसानले अर्थतन्त्रमा सुधारका साथसाथै अत्तर, अगरबत्ती जस्ता सुगन्धित वस्तुको उद्योगलाई प्रवर्धन गर्न वन अनुसन्धान शाखा र नेपाल सरकारको तर्फबाट अघोरी बिरुवा व्यावसायिक नर्सरी तयार गर्न सकिन्छ ।

नेपालको सातै प्रदेशका पानी नजम्ने जमिनमा अघोरी रुख उत्पादन गर्न सकिने छ । पछिल्लो समयमा निजी नर्सरीले अल्प ज्ञान कै भरमा किसानलाई बिरुवा बेचिरहेका छन् । अहिलेसम्म झापा,इलाम,पाँचथर जिल्लाका गाउँ बस्ती घुम्दा व्यावसायिक उत्पादन बारे अनविज्ञ नै देखिन्छन् किसानहरू भने बिरुवाको प्रयोग सफल भएको पाइन्छ । अघोरीबाट निस्कने र्‍याल जुन सुगन्धित अत्तर र अगरबत्ती बनाउन प्रयोग गरिन्छ ।

नेपालमा अघोरीलाई वन नियमावली २०५१ खण्ड ६८ को सङ्ख्या ३४ नेपाल राजपत्र भाग ३ मा २०७५/६/२९ क्र.स.९ थपेर अगरवुड लाई वैधानिकता प्रदान गरेको हो । नेपालमा अगरवुड घोषणासँगै अघोरीको संरक्षण र उत्पादन प्रवर्द्धन गर्ने औपचारिक नीतिले शुरुआती लिए पनि वास्तविक किसानको करेसाबारीमा पुगेको छैन ।

देश अनुसार भेष टाउको अनुसार केश भनेझैँ वनस्पति शास्त्रीहरूका अनुसार नेपालीमा अघोरी नामले चिनिन्छ। संस्कृतमा यसलाई अगुरु, आसाममा सन्तिगाछा, बङ्गाली, गुजरातीमा गज र तेलुगुमा अगर, अङ्ग्रेजीमा अगरवुड र हिन्दीमा आगर भनिन्छ।

विभिन्न अनुसन्धान शाखाका वनस्पतिविद्का अनुसार अघोरीको थुप्रै प्रजाति भएपनि रुख औसतमा १८ देखि ३० मिटर लम्बाई र व्यास डेढ मिटरदेखि साढे दुई मिटरसम्म हुन्छ । अघोरी एक सदाबहार रूख हो, जुन वर्षभर हरियो रहन्छ। अघोरी वन पाइने क्षेत्रमा हरियालीसँगै वातावरणमा सुगन्ध थपिने नै भएपनि प्राकृतिक वनमा ठाडो पहिले यहाँ थियो मात्रै भन्ने सुनिन्छ।

झापामा अघोरी उत्पादन गरी जनताको अर्थतन्त्रमा सुधार ल्याउन प्रयोगात्मक रूपमा अनुसन्धान विभागले कृषकको करेसाबारीमा नपुगेसम्म नीति तथा कार्यक्रममै बजेट सकिनेछ । अहिलेसम्म रुख फस्टाएको प्रस्ट सफल भएको छ । आगामी दिनमा अघोरीको व्यावसायिक उत्पादनका सम्बन्धमा स्पष्ट कृषकमुखी नीति अपरिहार्य छ । विश्व बजारमा नेपालले ठुलो मात्रामा अगर उत्पादन गर्न सक्ने भएकोले बजार माग पूर्तिमा योगदान पुर्याईरहँदा बल्ल अघोरीको महत्त्व र व्यवहारिक प्रयोग सफल बन्दा किसान अघोरी उत्पादनमा लाग्नेछन् ।

अघोरी बहुमूल्य र धर्तीको कालो सुन त्यति बेला साबित हुन्छ जब अहिले किसानका करेसाबारीमा भएको रुखबाट अगर उत्पादन र बिक्री वितरण हुन थाल्छ ।

सम्बन्धित समाचार