२०८३ बैशाख ३ गते , विहीबार
काँकडभिट्टा नाकाबाट १०० रुपैयाँ भन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने
झापा । सीमावर्ती भारतीय बजार पानीटंकीबाट किनमेल गरेर ल्याएको एक सय रुपैयाँभन्दा बढी मूल्यको वस्तु नेपाल भित्राएमा अबदेखि भन्सार तिर्नुपर्ने भएको छ । मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घको सहकार्यमा शुक्रबार बसेको सर्वदलीय छलफलले १०० रुपैयाँ भन्दा बढीको सामानमा भन्सार तिराउने र त्यसको लागि बजार व्यवस्थापन र अनुगमन समिति बनाउने लगायतका तीन वटा निर्णय गरेको बताइएको छ ।
मेची भन्सार कार्यालयले ‘एक सयभन्दा बढी मूल्यको कुनै पनि सामान लिएर भारतको स्थल मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरूले आफ्नो साथमा ल्याएको मालसामानको विवरण मेची भन्सार कार्यालयको यात्रु शाखामा अनिवार्य देखाइ जाँच पास गराएर मात्र लैजान सूचित गरेको छ ।