आफ्नै निर्णयबाट पछि हट्यो एनएमसी सहकारी, सदस्यको पैसा फिर्ता गर्ने
झापा । झापाको मेचीनगरस्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) आफै निर्णयबाट पछि हटेको छ । थाहै नदिई सदस्यहरूको खाताबाट रकम कटौती गरी राहत कोष अर्थात् सदस्य कल्याणकारी योजना स्थापना गर्ने योजनाबाट एनएमसीपछि हटेको छ ।
एनएमसीले खाताबाट रकम कटौती गरेपछि सदस्यहरूबाटै चर्को विरोध र आलोचना भएपछि मङ्गलवार संस्थाको आकस्मिक बैठक बसेको थियो । बैठकमा भएको निर्णय एनएमसीले भर्खरै आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेको छ ।
फेसबुकमा लेखिएको छ, 'संस्थाका आदरणीय सदस्यज्यूहरू, संस्थाको सदस्य कल्याणकारी योजना अन्तर्गत बचत खाताबाट रु ७०० योगदान गराउने निर्णय स्थगन गरिएको छ । सदस्यबाट योगदान गरिएको रकम सोही खातामा फिर्ता गरिँदै छ । संस्थाको सदस्य राहत कार्यक्रमसम्बन्धी विस्तृत विवरण प्रेस नोटमार्फत आजै सार्वजनिक गरिने छ । सदस्यबाट प्राप्त सकारात्मक सुझावका लागि हार्दिक धन्यवाद ।'
यो पनि पढ्नुहोस् : एनएमसी सहकारीले सदस्यलाई थाहै नदिई खाताबाट रकम झिकेपछि...