२०८१ आश्विन २८ गते , सोमबार

झापामा ६५ प्रतिशत रोपाइँ

sajilo news
झापा
२०८० श्रावण १ गते , सोमबार
झापामा ६५ प्रतिशत रोपाइँ

असार महिना सकिँदासम्म झापामा ६५ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष असार मसान्तसम्म करिब ७५ प्रतिशत रोपाइँ भएको थियो ।ढिलो गरी मनसुन शुरु भएको र बीचमा बढी वर्षा भएका कारण रोपाइँमा ढिलाइ भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार गत वर्षको तुलनामा दश प्रतिशत कम रोपाइँ भएको हो । समयमै वर्षा सुरु नभएको र बीचमा लगातार वर्षा भएकाले गत वर्षको तुलनामा कम रोपाइँ गर्न सकिएको उनले बताए ।

झापामा यस वर्ष ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेतीको तयारी छ । सोमध्ये ८० प्रतिशत खेती आकाशे पानीको भरमा हुने गरेको छ । हाल दैनिक वर्षा भइरहेकाले खोला पैनीमा समेत पानीको बहाव बढेका कारण किसानलाई रोपाइँका लागि पर्याप्त पानी पुगिरहेको उनको भनाइ छ ।
जिल्लामा नियमित सिँचाइका लागि कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोलालगायतका सिँचाइ आयोजना छन् ।

सम्बन्धित समाचार