२०८३ बैशाख ३० गते , बुधबार

प्रधानमन्त्रीको तस्बिर जोडेर नक्कली भारतीय कागजात बनाउने पक्राउ

sajilo news
झापा
२०८० श्रावण १ गते , सोमबार
प्रधानमन्त्रीको तस्बिर जोडेर नक्कली भारतीय कागजात बनाउने पक्राउ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर जोडेर नक्कली भारतीय आधार कार्ड, रासन कार्ड र स्थायी लेखा सङ्ख्या कार्डलगायत नक्कली दस्ताबेज बनाएर सामाजिक सञ्जालमा सेयर गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फोटोसपमार्फत नक्कली दस्ताबेज बनाएर सामाजिक सञ्जालमा भ्रम फैलाउने काम गरेको आरोपमा प्रहरीले टाइगर रानामागर भनिने शेरबहादुर राना मगरलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । एआईजी किरण बज्राचार्यका अनुसार राना मगरलाई आइतबार बुटवलको सुख्खा नगरबाट पक्राउ गरिएको थियो । उनलाई थप अनुसन्धानका लागि सीआईबीको टोलीले काठमाडौँ ल्याइरहेको बज्राचार्यको भनाई छ ।

सम्बन्धित समाचार