२०८३ बैशाख ३ गते , विहीबार
डिजेल, पेट्रोल र ग्यासको मूल्य घट्यो
सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७९ लागू गर्दै आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ । त्यस्तै, एलपी ग्यासमा प्रतिसिलिन्डर १० रुपैयाँ घटाएको छ । हवाई इन्धनको मूल्यमा भने स्वचालित प्रणाली लागू नगरिएको निगमले जनाएको छ ।