२०८३ बैशाख ५ गते , शनिबार

इन्टर मायामीसँग मेसीको दुई वर्षे सम्झौता

sajilo news
एजेन्सी
२०८० असार ३१ गते , आईतबार
इन्टर मायामीसँग मेसीको दुई वर्षे सम्झौता

लियोनल मेसीले मेजर लिग सकर इन्टर मायामीसँग दुई वर्षका लागि सम्झौता गरेका छन्। लामो समयको प्रतिक्षापछि मेसी र अमेरिकन क्लब मायामीबीच सन् २०२५ सम्मका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

मायामीका सहमालिक डेभिड बेकह्यामले मेसीसँगको सम्झौतालाई सपना साकारको संज्ञा दिएका छन्। पहिलो पटक युरोपभन्दा बाहिरको क्लबबाट खेल्न लागेका मेसीले आफ्ना लागि यो सुनौलो अवसर भएको प्रतिक्रिया दिए।

सन् २०१८ मै इन्टर मायामीले मेसीलाई अनुबन्धन गर्ने बाचा गरेको क्लबले जनाएको छ। मेसीले जुलाइ २१ मा मायामीबाट डेब्यू गर्ने बताइएको छ। ३६ वर्षीय मेसी फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन पीएसजीबाट मायामी गएका हुन् । उनले गत सिजन पीएसजीबाट ७५ खेल खेल्दै ३२ गोल गरेका थिए।

गत सिजनको लिग वानमा १६ गोल र १६ एसिस्ट गरेका थिए। त्योभन्दा अघि बार्सिलोनामा झन्डै दुई दशक बिताएका मेसीले कीर्तिमानी ६ सय ७२ गोल गर्दै १० ला लिगा उपाधि जितेका थिए।  यस्तै क्याटालान क्लबका लागि चार च्याम्पियन्स लिग र सात स्पेनिस कप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।  

सम्बन्धित समाचार