२०८३ बैशाख ३१ गते , विहीबार

दमकमा ब्राउन सुगरसहित मेचीनगरकी रुपा पक्राउ

sajilo news
झापा
२०८० असार २८ गते , विहीबार
दमकमा ब्राउन सुगरसहित मेचीनगरकी रुपा पक्राउ

दमक । झापाको दमकमा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-९ मा चेकजाँचको क्रममा मेचीनगर नगरपालिका- ७ की ४२ वर्षीया रुपा प्रधानलाई ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले उनको साथबाट ८ ग्राम  ब्राउन सुगर बरामद गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि  इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । 

सम्बन्धित समाचार