२०८३ बैशाख ५ गते , शनिबार

इलाममा आधुनिक रंगशाला बन्ने

sajilo news
इलाम
२०८० असार २८ गते , विहीबार
इलाममा आधुनिक रंगशाला बन्ने

नेपाली सेनाको स्वामित्वमा रहेको इलाम सदरमुकामको ठूलो टुँडिखेलमा आधुनिक रंगशाला निर्माणका लागि डिपिआर निर्माणको काम सम्पन्न भएको छ ।

इलाम सदरमुकामस्थित ठूलो टुँडिखेललाई आधुनिक रंगशालाका रूपमा निर्माण गर्ने योजनाका साथ डिपिआरको काम सम्पन्न भएको हो ।

इलाम नगरपालिकाका तर्फबाट नगरप्रमुख केदार थापा र नेपाली सेनाबीच भएको समझदारीबमोजिम इञ्जिनियर सुरेशकुमार नेम्वाङको प्राविधिक सल्लाहअनुसार डिपिआरको काम भएको थियो ।

टुँडिखेल निर्माणको डिपिआर जर्सा इञ्जिनियरिङ कन्सल्टेन्सी काठमाडौंद्वारा तयार गरेको छ ।

निर्माण भएको डिपिआरबमोजिम संघीय बजेटमार्फत् आगामी आव २०८०/८१ बाट आधुनिक रंगशाला निर्माणको काम सुरु हुने इलाम नगरप्रमुख केदार थापाले बताए ।

सम्बन्धित समाचार