२०८१ भाद्र २४ गते , सोमबार

जग्गा भाडामा लिएर धान रोप्दै विप्लव नेतृत्वको नेकपा कार्यकर्ता

sajilo news
झापा
२०८० असार २८ गते , विहीबार
जग्गा भाडामा लिएर धान रोप्दै विप्लव नेतृत्वको नेकपा कार्यकर्ता

नेत्रविक्रम चन्द नेतृत्वको (नेकपा)ले झापाको गौरीगञ्जमा तीन बिघा जग्गा भाडामा लिएर सामूहिक धान खेती गर्न थालेको छ । कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले अनिवार्य श्रम र उत्पादनमा जोडिनुपर्ने केन्द्रीय नीतिअन्तर्गत जग्गा भाडामा लिएर धान खेती गरिएको पार्टीका जिल्ला सेक्रेटरी सञ्जय सी ले बताए ।

यसअघि कहिले संघर्ष त कहिले छलफलमा दौडिने विप्लवका कार्यकर्ता यति बेला गौरीगञ्जमा रहेको खेतीमा हिलाम्मे भएर धान रोपिरहेका भेटिन्छन् । झापा जिल्ला पार्टीअन्तर्गतका सम्पूर्ण नेताकार्यकर्ताले असार १० गतेपश्चात् निरन्तर श्रम गरिरहेको पार्टीका जिल्ला इन्चार्ज प्रशान्त सी ले बताए ।

यति बेला विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशैभर सयौँ बिघा भन्दा बढी क्षेत्रमा धान लगाइरहेको र पार्टीका सम्पूर्ण नेता कार्यकर्ता श्रमसँग जोडिएको पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सी ले बताए । कार्यकर्तासँगै धान रोपिरहेका उनले इलाम र पाँचथरमा चिया , अदुवा ,अलैँचीलगायतको खेती भइरहेको बताए । झापामा धान रोपाइँ भएको बताउँदै अबको केही वर्षभित्रै आफ्नै उत्पादनमा पार्टीका नेता कार्यकर्ता आत्मनिर्भर बन्ने नीतिका साथ पार्टी अगाडि बढिरहेको र धान खेती मात्रै नभएर कृषि तथा पशुपालनलगायतका क्षेत्रमा पनि काम सुरु भैसकेको जानकारी दिए ।

सम्बन्धित समाचार