२०८२ बैशाख ५ गते , शुक्रबार

भ्रष्टाचार मुद्दामा झापा गाउँपालिकाका अध्यक्ष साह मुछिएपछि कार्यवाहक अध्यक्षको जिम्मा उपाध्यक्ष थपलियालाई

sajilo news
झापा
२०८० असार २८ गते , विहीबार
भ्रष्टाचार मुद्दामा झापा गाउँपालिकाका अध्यक्ष साह मुछिएपछि कार्यवाहक अध्यक्षको जिम्मा उपाध्यक्ष थपलियालाई

झापा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहसहित ११ जनाविरुद्ध काठमाडौँ विशेष अदालतमा आरोपपत्र दायर गरेपछि गाउँपालिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष अन्जुदेवी थपलिया दिएकी छिन् । 

गाउँपालिका अध्यक्ष शाह लगायत झापा गाउँपालिकाका वडा सदस्य फणीन्द्र खरेल, इन्जिनियर अभिषेक दास, सब इन्जिनियर विज्ञान चम्लगाई स्वतः निलम्बनमा परेसँगै गाउँपालिकामा बुधवार बसेको बैठकले उपाध्यक्ष थपलियालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जनाइएको छ । 

तत्कालीन समयमा झापा गाउँपालिकाको लक्ष्मी मार्ग सडक ग्राभेलमा भ्रष्टाचार भएको भन्दै झापा गाउँपालिकाका अध्यक्ष शाह, तत्कालीन उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित ११ जनाविरुद्ध आयोगले बुधवार काठमाडौँ विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

यो पनि पढ्नुहोस् :

झापा गाउँपालिकामा भ्रष्टाचार : अध्यक्ष, तत्कालीन उपाध्यक्ष, अधिकृतसहित ११ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

सम्बन्धित समाचार