वर्षाले कचनकवलको जनजिवन प्रभावित, कतै डुबान, कतै कटान
कचनकवल । अविरल वर्षाका कारण दक्षिणी झापाको कचनकवलको जनजीवन प्रभावित बनेको छ। वर्षाले पालिकाका अधिकांश खोला तथा नदीहरूमा पानी बहाव बढेपछि कतै डुबान, त कतै कटानले बस्तीहरू उच्च जोखिममा रहेको छ। पानीको निकास नहुँदा सहरी क्षेत्रका पालिकाहरू पनि जलमग्न बनेको छ।
कचनकवलको बनियानी बजार भित्र र आसपासका घरमा अविरल वर्षाले डुबानमा परेको छ। घर–आँगनमा वर्षाको पानी २ फिटसम्म जमेको छ । बनियानी बजार र चौकमा जमेको पानी निकासको उचित व्यवस्थापन हुन लामो समय देखि भएकोले बर्सेनि समस्या भोग्नु परिरहेको छ भने सम्बन्धित वडा(६ कार्यालयले समन्वय गरिरहेको भएता पानी ढल निकासको नाला घर अगाडि बन्द गर्ने स्थानीयको कारण डुबानले सताएको हो ।
‘खोलाले तटीय क्षेत्रको ३५(४० मिटर बाँध कटान गर्दै खेतबारीसम्म पानी आइपुग्न लागेको छ,’ भने ‘निरन्तर पानी परेमा नदीमा आएको बाढीले धान खेती डुबान गर्दै कचनकवलका अधिकांश वडा र बस्ती क्षेत्रका ८० देखि ९० घर डुबानमा पर्ने सम्भावना देखिएको छ।’
भैसावाडी , पाठामारी ,डागावारी बस्ती डुबानबाट जोगाउन बाँध मेची नदीमा बाँधिए पनि तत्काल फुट्ने सम्भावना बढेकाले सम्बन्धित निकायसँग समन्वय गर्नुपर्ने देखिन्छ । अहिलेसम्म बाढीका कारण गाउँपालिका भित्रमा कुनै मानवीय र भौतिक क्षति नभएको जानकारी छ। मेची, झिङ,शिशु,बडझोडा,बिरिङ,अङगुलखुट्टा लगायतका खोलामा आएको बाढीले कचनकवल गाउँपालिका–१ स्थित पिण्डलवारी आसपासका बस्ती जोखिम रहेको छ ।
त्यसैगरी कचनकवल– ५ स्थित पाठामारीमा मेची नदीले तटीय क्षेत्र कटान गर्दै नदीको पानी बस्ती नजिकै पुगेको छ। मेची नदीले गत वर्ष ११२ नम्बर सीमा पिलर बगाएर लगेपछि त्यसका बासिन्दा उच्च जोखिममा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट पाठामारीले जनाएको छ।
११२ नम्बर पिलर नजिकै नेपाली र भारतीय दुवै बस्ती रहेको छ। सबैभन्दा बढी जोखिममा भारतीय नागरिक रहेको बिओपी पाठामारीका सई सुवास राजवंशीले जानकारी दिए। नदीमा पानीको बहाव बढेमा बाँकी रहेको तटीय क्षेत्र पनि कटान गर्दै बस्ती बगाउने खतरा छ, उनले भने। कचनकवल– ४ स्थित ११९/२८ नम्बर सानो पिलर बगाउने अवस्थामा पुगेको छ।
जमुना नदीले तटीय क्षेत्र कटान गर्दै पिलर ढल्ने अवस्थामा पुगेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट कचनकवलका प्रहरी निरीक्षकले जानकारी दिए। साथै ११९/२३ नम्बर पिलर पानीमा डुबेको उनको भनाइ छ। साथै कचनकवलका अधिकांश स्थान जलमग्न भएको स्थानीयबासीहरु बताउँछन्। जिल्लाका मेची, निन्दा, माई, कनकाई, मावा, देउनियाँ, हडिया, अदुवालगायतको खोलामा पानी बहाव बढेको जनाइएको छ।