२०८३ जेष्ठ १७ गते , आईतबार

भारी वर्षा र बाढी पहिरोले २४ घण्टामा २४ को मृत्यु

sajilo news
एजेन्सी
२०८० असार २५ गते , सोमबार
भारी वर्षा र बाढी पहिरोले २४ घण्टामा २४ को मृत्यु

भारी वर्षा र बाढी पहिरोले उत्तर र पश्चिम भारत प्रभावित भएको छ। हिमाचल प्रदेशसहित पहाडी राज्यमा भइरहेको मुसलधारे वर्षाले ठूलो क्षति पुर्‍याएको अधिकारीहरूले जनाएका छन्। 

पछिल्लो २४ घण्टामा बाढी पहिरोबाट ३४ जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै हिमाचल प्रदेशमा ११ जना, उत्तर प्रदेशमा ८ जना, उत्तराखण्डमा ६, दिल्लीमा ३ तथा जम्मु–कश्मीर, हरियाणा र पञ्जाबमा दुई–दुई जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। भारतमा झण्डै ५० वर्षयताकै ठूलो वर्षा भएको छ। 

हिमाचल प्रदेशमा २०० मिलिमिटरभन्दा माथि वर्षा भएको छ। यस्तै दिल्लीका अधिकांश क्षेत्र भारी वर्षाका कारण डुबानमा परेका छन्। यमुना नदीले खतारको तह पारेको जनाइएको छ। दिल्लीमा १५३ मिलिमिटर वर्षा मापन भएको छ। मौसम विभागले केही दिन मुलधारे वर्षा हुने चेतावनी दिएपछि दिल्ली सरकारले सबै शैक्षिक संस्था बन्द गराएको छ। 

गाजियाबादमा १६ जुलाईसम्मलाई विद्यालय बन्द गरिएको छ भने ग्रेटर नोयडा, फरीदाबाद तथा गुरुग्राममा पनि सबै शैक्षिक संस्था बन्द गरिएको छ। चण्डीगढमा पछिल्लो २४ घण्टामा ३२२ मिलिमिटर वर्षा भएको छ। 

सम्बन्धित समाचार