हल्दिबारी- ४ का किसानलाई अनुदानमा कृषि यान्त्रीकरण
हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ४ का किसानलाई पचास प्रतिशत अनुदानमा कृषि यान्त्रीकरण वितरण गरेको छ । गाउँपालिकाले कृषिमा उत्पादन र गुणस्तर बढाउन तथा लागत घटाउन यान्त्रीकरण खरिदमा अनुदान उपलब्ध गराएको हो ।
किसानलाई च्यापकटर २१ वटा र ह्रिलव्यारो २५ वटा वितरण गरेको वडा नम्बर ४ का सचिव जय प्रसाद पोख्रेलले जानकारी दिए । वडा अध्यक्ष सन्तकुमार थापाको अध्यक्षयता तथा गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङदेनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा सदस्यहरू सुनिल बाह्रकोटी, शान्ता गहतराज, भागरिता दाहाल लगायतको उपस्थिति रहेको थियो ।
किसानलाई सामान खरिदको कूल मूल्यमा ५० प्रतिशत अनुदान उपलब्ध र यसका लागि ३ लाख ७५ हजार बजेट विनियोजन भएको वडा अध्यक्ष थापाले बताए । किसानको सहित रु ७ लाख ५० हजार मूल्य बराबरको सामग्री वितरण गरिएको उनको भनाई छ ।