२०८३ बैशाख १९ गते , शनिबार

झापाका दुई विद्यार्थीले ल्याए एसइईमा ४ जीपीए

sajilo news
झापा
२०८० असार २२ गते , शुक्रबार
झापाका दुई विद्यार्थीले ल्याए एसइईमा ४ जीपीए

झापा । एसइई परीक्षामा झापाका दुईजना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । एभरेस्ट बोर्डिङ स्कुल दमकका विवेक थापा र इमिनेन्ट कञ्चनजङ्घा इङ्गिलस बोर्डिङ स्कुल गौरादहका धनबहादुर थापाले ४ जीपीए ल्याएको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ ।

त्यस्तै प्राविधिक धारतर्फ तीन जनाले ३.९६ जीपीए ल्याएका छन् झापामा एसइई परीक्षामा सबैभन्दा माथिल्लो ग्रेड ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी ७१९ जना रहेका छन् । जुन कुल विद्यार्थीको ४.६९ प्रतिशत हो । त्यस्तै ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थी २१४७ अर्थात् १४.०१ प्रतिशत, २.८० देखि ३.२० जीपीए ल्याउने ३१३७ अर्थात् २०.४७ प्रतिशत , २.४० देखि २.८० जीपीए ल्याउने ३२४१ अर्थात् २१.४५ प्रतिशत, २ देखि २.४० जीपीए ल्याउने ३१०५ अर्थात् २०.२६ प्रतिशत , १.६० देखि २ जीपीए ल्याउने २१७५ अर्थात् १४.१९ प्रतिशत ,१.२० देखि १.६० जीपीए ल्याउने ६३५ अर्थात् ४.१९ प्रतिशत ,०.८० देखि १.२० जीपीए ल्याउने २९ जना अर्थात् ०.१९ प्रतिशत रहेको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ । झापामा २०७९ सालको एसइईमा १५ हजार ३२४ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

सम्बन्धित समाचार