२०८३ बैशाख ३ गते , विहीबार

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

sajilo news
झापा
२०८० असार १९ गते , मंगलबार
घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर पाँच/पाँच रुपैयाँका दरले घटाएको छ।   सोमबार राति १२ बजेदेखि लागू  हुने गरी तेस्रो वर्ग (काठमाडौं, पोखरा र दिपायल)का लागि इन्धनको मूल्य घटाइएको हो। 

काठमाडौंको पेट्रोलको नयाँ मूल्य १७०, डिजेल र मट्टितेलको १५० रुपैयाँ पर्ने छ।  दोस्रो वर्ग (सुर्खेत र दाङ) का लागि भाउ प्रतिलिटर ६ रुपैयाँ र पहिलो वर्ग (चारआली, विराटनगर,वीरगन्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) का लागि प्रतिलिटर साढे ७ रुपैयाँ घटेको छ। 

एलपी ग्यासको मूल्य यथावत राखेको निगमले हवाइ इन्धनको भाउ आन्तरिक तर्फ प्रतिलिटर १४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिहजार लिटर ११५ अमेरिकी डलरले घटाएको छ।  

सम्बन्धित समाचार