२०८३ बैशाख ३ गते , विहीबार

पशुपतिनगर नाकाबाट तस्करी, भन्सार छलेर भित्राइएको ७ लाख बढीको मोटरपार्ट्स र मदिरा बरामद

sajilo news
इलाम
२०८० असार १९ गते , मंगलबार
पशुपतिनगर नाकाबाट तस्करी, भन्सार छलेर भित्राइएको ७ लाख बढीको मोटरपार्ट्स र मदिरा बरामद

इलामको सूर्योदय नगरपालिका२ टासीगाउँ इलाकाबाट सशस्त्र प्रहरीले चोरी पैठारीको मोटरपार्ट्स तथा मदिरासहितको बोलेरो पिकअप गाडी नियन्त्रणमा लिएको छ। 

प्रदेश नं. १–०३–००१ ज ००१९ नम्बरको सो गाडीमा राखी भारतबाट अवैध रूपले ल्याउँदै गरेको करिब ७ लाख ८२ हजार रुपैयाँ बराबरको मोटरपार्ट्स तथा मदिरा प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरले नियन्त्रणमा लिएको हो।

सो गाडीभित्र डिजेल पाइप ८ थान, ब्याक लाइट कभर १० थान, इन्डिकेटर लाइट २० थान, पुस अटो स्विज २ प्याकेट, कार्बन १० थान, हेडलाइट १ थान, सिसा फ्रेम १० थान तथा हिट बियर ७२ कार्टुन र सिक्किमे रम ३८ कार्टुन फेला पारिएको हो।  बरामद मोटरपार्ट्स तथा मदिरा गाडीसहित आवश्यक कारबाहीका लागि पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाइएको छ। 

सम्बन्धित समाचार