२०८३ बैशाख ३ गते , विहीबार

मेचीनगरमा एनआईसी एसिया बैङ्कको एटिएम फोडेर रकम लुट्ने प्रयास

sajilo news
झापा
२०८० असार १८ गते , सोमबार
मेचीनगरमा एनआईसी एसिया बैङ्कको एटिएम फोडेर रकम लुट्ने प्रयास

मेचीनगर । मेचीनगर नगरपालिका–६ स्थित काँकडभिट्टामा एनआईसी एसिया बैङ्कको एटिएमबाट रकम लुट्ने प्रयास असफल भएको छ ।सोमवार राती २ बजेको समयमा राधिका क्षेत्रीको घरमा सञ्चालित बैङ्कको एटिएमबाट रकम लुट्ने प्रयास असफल भएको हो ।

भुइँतलामा रहेको एटिएमको सटरमा मान्छे भित्र पसेर एटिएममा राखिएको रकम लुट्ने प्रयास भएको बैङ्कका मेनेजर रेवन्त न्यौपानेले बताए । तर, एटिएमको भल्ट नखुलेकाले करिब २० लाखभन्दा बढी रकम भने सुरक्षित रहेको पाइएको उनले बताए ।

अन्दाजी २० देखि २२ वर्षको नकाबधारी एक युवक एटिएमभित्र पसेर भल्ट फोड्ने प्रयास गरेको बैङ्कको सिसी टिभी फुटेजमा उनको भनाई छ । 'भल्ट खोल्ने प्रयास गरेको, तर नखुलेपछि त्यहाँबाट हिँडेको सिसी टिभीको फुटेजमा देखिन्छ,' उनले भने ।

 यता इलाका प्रहरी कार्यालय काँकडभिट्टा डीएसपी दीपक भारतीले बैङ्कको एटिएम फोडेर राति पैसा निकाल्ने प्रयास गरेको पाइएको छ । फरार रहेको युवकको प्रहरीले खोजी गरिरहेको उनले बताए । 

सम्बन्धित समाचार