२०८३ बैशाख ३ गते , विहीबार

साना किसान कचनकवलको दुई करोड रकम हिनामिना गर्नेलाई कारबाहीको सिफारिस

sajilo news
झापा
२०८० असार १३ गते , बुधबार
साना किसान कचनकवलको दुई करोड रकम हिनामिना गर्नेलाई कारबाहीको सिफारिस

कचनकवल । झापाको कचनकवल गाउँपालिका– ७ बालुवाडीस्थित साना किसान कृषि सहकारी संस्थाको रकम हिनामिना गर्नेलाई कानुन बमोजिम कारबाही गर्न सिफारिस गरिएको छ ।

कचनकवल गाउँपालिकाले हिनामिनामा संलग्नलाई कारबाही गर्न प्रहरीलाई सिफारिस गरेको हो । संस्थाका प्रबन्धक युवराज खत्री करिब दुई करोड रकम हिनामिना गरी फरार भएका छन् । कचनकवल ७ स्थायी ठेगाना भएका खत्री गत चैत ११ गतेदेखि रकम हिनामिना गरी फरार भएका हुन् ।

सहायक प्रबन्धक निरुमाया राजवंशीसँग मिलेर दुवैले त्यति रकम हिनामिना गरेको खुल्न आएको छ । प्रबन्धक खत्री र सहायक प्रबन्धक राजवंशीले करिब दुई करोड रकम हिनामिना गरेको कुरा स्वीकार गर्दै मन्जुरीनामा गरेका छन् ।

सहकारी ऐनको दफा १२२ अनुसार कसुरदार देखिएका दुवैलाई कानुनी कारबाही गर्न प्रहरीलाई सिफारिस गरिएको गाउँपालिकाका सहकारी शाखाका गौरव रिजालले बताए ।दुवैले कृत्रिम ऋणी खडा गरी त्यति धेरै रकम हिनामिना गरेको पाइएको छ ।

सम्बन्धित समाचार