२०८० मंसीर १६ गते , शनिबार

बहुभाषिक आइडल २०८० को उपाधि गौरादहका दिज्ञान श्रेष्ठलाई

sajilo news
झापा
२०८० असार १० गते , आईतबार
बहुभाषिक आइडल २०८० को उपाधि गौरादहका दिज्ञान श्रेष्ठलाई

भद्रपुर । बहुभाषिक साहित्य सङ्गीतकला केन्द्र, झापाले बहुभाषिक आइडल २०८० सम्पन्न गरेको छ । साथै सोही कार्यक्रममा बहुभाषिक कविता सङ्ग्रह समेत विमोचन गरेको छ । 

उक्त कार्यक्रमको अध्यक्षता बहुभाषिक साहित्य सङ्गीतकला केन्द्र झापाका अध्यक्ष तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य हरि पौडेलले गरेका थिए ।  उक्त कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान का उपकुलपति तथा वरिष्ठ गायक तथा सङ्गीतकार शम्भु राई प्रमुख अतिथि रहेको थियो ।  कार्यक्रमको सञ्चालन महासचिव कुमार सुवेदी र सदस्य कृति राईले गरेका थिए ।

११ जना प्रतिस्पर्धीहरूमध्ये गौरादहका दिज्ञान श्रेष्ठ प्रथम र मेचीनगरका बिराज प्रसाईँ द्वितीय भएका छन् । शिवसताक्षीका सानाहाङ्ग लिम्बू, बिर्तामोडका अनोज भारती र अर्जुनधाराका सञ्जीव भुर्तेलले सान्त्वना पुरस्कार पाएका छन् । साहित्य क्षेत्रमा पुर्‍याएको  योगदानको कदर गर्दै मारवाडी साहित्यका कवि भद्रपुर निवासी सत्यनारायण तायल र राई भाषाकी कवि कमल गाउँपालिका निवासी पदमकुमारी राईलाई विशेष सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार