२०८३ बैशाख ५ गते , शनिबार
साफ च्याम्पियनसिपमा आज नेपाल र भारतबीच भिड्दै
भारतमा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ। बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा नेपालले दोस्रो खेलमा आयोजक भारतसँग साँझ ७:४५ बजे प्रतिस्पर्धा गर्न लागेको हो।
नेपाल भारतलाई हराएर पहिलो जित निकाल्ने योजनामा रहेको छ। साविक उपविजेता रहेको नेपाल भारतलाई पराजित गर्न चाहन्छ। भारत साविक विजेता समेत हो। समूह एमा रहेको नेपाल अंक विहीन भएर तेस्रो स्थानमा रहेको छ। सेमिफाइनल यात्रा तय गर्न नेपाल जित्नै पर्ने दबाबमा छ। साफ च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, कुवेत, बंगलादेश, भुटान, लेबनान, पाकिस्तान, माल्दिभ्स सहभागि छन्।