२०८३ बैशाख ३ गते , विहीबार

हवाइ भाडा ९० देखि ५४० रुपैयाँसम्म घट्यो

sajilo news
झापा
२०८० असार ७ गते , विहीबार
हवाइ भाडा ९० देखि ५४० रुपैयाँसम्म घट्यो

नेपाल आयल निगमले इन्धनको भाउ घटाएसँगै हवाइ यात्राको भाडा पनि घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले बुधबार हवाइ यात्राको भाडा घटाएको हो। 

क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा ५४० रुपैयाँले घटेको छ भने सबैभन्दा कम काठमाडौं–सिमराको भाडा ९० रुपैयाँले घटेको छ।

यसैगरी काठमाडौं–भद्रपुरको ३००, काठमाडौं–विराटनगरको २४०, काठमाडौं–धनगढीको ४४५, काठमाडौं–नेपालगञ्जको ३२५, काठमाडौं–भैरहवाको २१० र काठमाडौं–सुर्खेतको भाडा ३४५ ले घटेको छ।  मंगलबार नेपाल आयल निगमले हवाइ इन्धनको भाउ प्रतिलिटर १० रुपैयाँ घटाएको थियो।

सम्बन्धित समाचार