बिर्तामोडका कृषक समुहलाई मकै छोडाउने मेशिन हस्तान्तरण

झापा । बिर्तामोड नगरपालिकाले कृषक समूहहरूलाई मकै छोडाउने मेशिन हस्तान्तरण गरेको छ । शुक्रवार एक कार्यक्रमका विच नगरको कृषि विकास शाखाले उक्त मेशिन हस्तान्तरण गरेको हो ।
७० प्रतिशत लागत अनुदानमा नगरका ३२ वटा कृषक समूहहरूलाई मेशिन हस्तान्तरण गरिएको नगरका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिए ।
मेशिन प्राप्त गर्ने समूहहरूमा बिर्तामोड २ को चारपाने पाथीभरा कृषक समूह, निरन्तर कृषक समूह, लालीगुराँस कृषक समूह, वरगाछी महिला कृषक समूह, श्री भगवती कृषक समूह, ओमकार कृषक समूह, जनजागृति कृषक समूह, बिर्तामोड ३को गरमकाली महिला कृषक समूह, सूर्य नगर कृषक समूह, अनारमनि कृषक समूह, बिर्तामोड ४ को विश्वेश्वर कृषक समूह, बिर्तामोड ६ को कलामार्ग कृषक समूह, बिर्तामोड ७ को रामनगर कृषक समूह, परोपकार कृषक समूह, डाँडा गाउँ कृषक समूह, प्रवेश कृषक समूह, नव दुर्गा कृषक समूह, प्रगतिशील मिश्रित कृषक समूह रहेका छन् ।
यस्तै बिर्तामोड ८ को पहिलो पाइला कृषक समूह, जागृति कृषि विकास कृषक समूह, पाञ्चायन कृषक समूह, नमुना बाख्रा पालन कृषक समूह, देव निया कृषक समूह, किसनभिट्टा व्यवसायी पशुपालन कृषक समूह, ज्योति नगर कृषक समूह, करेसाबारी कृषक समूह, अनमोल कृषक समूह, नवजागरण कृषक समूह, बिर्तामोड ९ को पानीटंकी कृषक समूह, कोलाटोली कृषक समूह, सूर्य कृषक समूह र नडीयावारी कृषक समूह रहेका छन् ।
मेशिन हस्तान्तरण कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाले कृषकहरूलाई कृषि उत्पादनलाई बढाएर व्यावसायिक बन्न आग्रह गरे। अर्ग्यानिक तरकारी उत्पादनमा जोड दिँदै उनले नगरपालिकाले कृषि क्षेत्रमा गरेको लगानीको प्रतिफल सोचे अनुसारको नभएको गुनासो गरे ।
यहाँ पर्याप्त मात्रामा तरकारी उत्पादन नहुँदा भारतबाट आएको विषादीयुक्त तरकारी खान बाध्य हुनु परेको भन्दै नगर उपप्रमुख सङ्ग्रौलाले हस्तक्षेपकारी ढङ्गले उत्पादन बढाउनु पर्ने बताए । उनले कृषि थोक बजारमा रहेको विषादी मापन केन्द्रमा भारतबाट आएको सबै तरकारीको जाँच भइरहेको जानकारीसमेत दिए ।
यस्तै कार्यक्रममा बोल्दै वडा नम्बर ६ का वडाअध्यक्ष सूर्य कन्दङ्गवाले नगरपालिकाले प्रदान गरेको कृषि मेशिन तथा औजारको राम्रोसँग उपयोग गर्न आग्रह गरे। उनले सबै कृषकहरू उत्पादनशील कार्यमा लाग्नसमेत जोड दिए।
नगरपालिकाको आर्थिक विकास समिति संयोजक सङ्गीता सिवाको अध्यक्षतामा आयोजित मकै छोडाउने मेशिन हस्तान्तरण कार्यक्रममा वडा सदस्य हरि वाँस्कोटा, खडानन्द निरौला लगायतको उपस्थिति रहेको थियो ।