विपरजोय आँधीः गुजरातको तटीयबाट ७५०० मानिसलाई निकालियो, ६७ वटा रेल सेवा रद्द
नयाँदिल्ली । अरब सागरमा आएको चक्रवाती आँधी विपरजोय बिहीबार गुजरातको कच्छमा पुग्ने सम्भावना छ । जसका प्रभावका कारण गुजरातको तट नजिकै उच्च छालहरू उठ्न थालेका छन् ।
तटीय सहर मुम्बईमा उच्च सतर्कतामा अपनाई रहेको बेला गुजरातको तटीय क्षेत्रबाट ७,५०० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। यससँगै तीनवटै सेना अलर्टमा राखिएका छन् भने बिपरजोयका कारण पश्चिम रेलवेले गुजरातको तटीय क्षेत्रमा जाने ६७ ट्रेन रद्द गरेको छ ।
केही रेलहरू जुन १२ देखि १५ सम्म एक वा बढी दिनका लागि रद्द गरिएका छन, जसमा दिल्ली सराय रोहिल्ला ओखा स्पेशलको दुबैतर्फी सेवा, ओखा राजकोट अनआरक्षित, अहमदाबादको वरवल एक्सप्रेस, इन्दोरको वरवल महामना एक्सप्रेस समावेश छ।
मौसम विभाग ९आईएमडी० ले गुजरातको सौ राष्ट्र र कच्छमा ठूलो क्षति हुने अनुमान गर्दै ‘ओरेन्ज’ अलर्ट जारी गरेको छ। चक्रवात जुन १५ मा दिउँसो कच्छ जिल्लाको जाखाउ बन्दरगाह नजिकै आइपुग्ने सम्भावना छ, आईएमडी अहमदाबाद केन्द्रका निर्देशक मनोरमा मोहन्तीले भने। त्यसभन्दा अघाडी १३५–१४५ किलोमिटर प्रतिघण्टा देखि १५० किमी प्रतिघण्टाको गतिमा हावा चल्नेछ र भारी वर्षा हुनेछ ।