२०८३ बैशाख ७ गते , सोमबार

भद्रपुर मारवाडी युवा मञ्चको टेबल टेनिस प्रतियोगिता, धुलाबारी विजयी 

sajilo news
झापा
२०८० जेष्ठ २५ गते , विहीबार
भद्रपुर मारवाडी युवा मञ्चको टेबल टेनिस प्रतियोगिता, धुलाबारी विजयी 

भद्रपुर । भद्रपुर मारवाडी युवा मञ्चद्धारा आयोजित टेबल टेनिस प्रतियोगितामा धुलाबारी विजयी भएको छ ।  भद्रपुर मारवाडी संघमा बिहीबार आयोजित टेबल टेनिस प्रतियोगिताको फाइनल खेलमा दमकलाई पराजित गर्दै धुलाबारी विजयी भएको हो ।

प्रतियोगितामा धुलाबारी र भद्रपुर तेस्रो भएको छ । प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई  शिल्ड तथा प्रमाणपत्र वितरण गरिएको मञ्चका उपाध्यक्ष मोहित शर्माले जानकारी दिए । प्रतियोगितामा बिर्तामोड, भद्रपुर, धुलाबारी, दमक र उर्लाबारीका टोलीले सहभागिता जनाएका थिए ।

मारवाडी युवा मञ्चका सचिव तथा कार्यक्रम संयोजक नवीन अग्रवालको अध्यक्षता तथा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा राष्ट्रिय मारवाडी युवा मञ्च क्षेत्र (क) का सभापति यज्ञराज अग्रवाल लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन मञ्चका अध्यक्ष दीपक अग्रवालले गरेका थिए । 

सम्बन्धित समाचार