२०८३ बैशाख ५ गते , शनिबार
भद्रपुर नगरपालिकाको बेरुजू रकम १० करोड ९७ लाख बढी
भद्रपुर । भद्रपुर नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ मा १० करोड ९७ लाख ६८ हजार रकम बेरुजू देखिएको छ। महालेखा परीक्षक कार्यालयले नगरपालिकाको गत आर्थिक वर्ष २०७८ ७९ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सो बेरुजु देखाएको हो ।
लेखा परीक्षणबाट १० करोड ९७ लाख ६८ हजार बेरुजू देखिएकोमा ५९ लाख ८९ हजारको कुनै पनि प्रतिक्रिया उपलब्ध नभएकोले बेरुजू रकम असुल गर्नुपर्ने, १ करोड २७ लाख १७ हजारको प्रमाण कागजात पेस गर्नुपर्ने, ७ करोड ८ लाख ६ हजारको नियमित गर्नुपर्ने र २ करोड २ लाख ५६ हजार पेश्की रहेको छ ।
पालिकाको गत वर्ष सम्म १६ करोड २९ लाख ३४ हजार बेरुजू बाँकी रहेकोमा यस वर्ष समायोजन र सम्परीक्षणबाट फर्छ्यौट एवं यो वर्ष कायम भएको बेरुजू समेत हालसम्मको अद्यावधिक बेरुजु रकम २६ करोड ८२ लाख ६० हजार रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।