२०८३ बैशाख ५ गते , शनिबार

खेम अधिकारीको अध्यक्षतामा बेसबल तथा सफ्टबल संघ झापा गठन

sajilo news
झापा
२०८० जेष्ठ १७ गते , बुधबार
खेम अधिकारीको अध्यक्षतामा बेसबल तथा सफ्टबल संघ झापा गठन

भद्रपुर । नेपाल बेसबल तथा सफ्टबल संघ झापा जिल्ला कार्य समिति गठन गरिएको छ ।  भद्रपुरस्थित मेची रंशगालाको भद्रपुर झापा गोल्डकप सचिवालयमा बुधवार आयोजित एक संक्षिप्त कार्यक्रमका बीच खेम अधिकारीको अध्यक्षतामा १२ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो ।  संघको उपाध्यक्षमा विनीत बास्तोला, महिला उपाध्यक्षमा चित्रकला दाहाल, सचिवमा पंकज सिग्देल र कोषाध्यक्षमा भीष्म दाहाल चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा जिवेश ओली, गीता खड्का, अतीत खनाल, नवीन श्रेष्ठ, रोहित राजवंशी, विपिन कार्की र दिलकुमार भुजेल चयन भएका छन् । नेपाल बेसबल तथा सफ्टबल संघका केन्द्रीय अध्यक्ष दीपक न्यौपानेको अध्यक्षता तथा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) को प्रमुख अतिथिमा  भएको कार्यक्रममा तेह्रथुम जिल्ला अध्यक्ष राजेन्द्र बराल लगायतले नवगठित कार्यसमितिलाई शुभकामना व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार