मिस्टर एन्ड मिस एसइईको उपाधि अनिक र निसिमलाई
बिर्तामोड । बिर्ता मिडिया एन्ड इन्टरटेन्टमेन्ट प्रालिको आयोजनामा भएको मिस्टर एन्ड मिस एसइई २०२३ प्रोभिन्स वानअन्तर्गत मिस एसइईको उपाधि बिर्तामोडकी निसिम थाम्सुहाङले हात पारेकी छिन् भने मिस्टर एसइईको उपाधि बिर्तामोडकै अनिक चौधरीले हात पारेका छन् ।
बिर्तामोडमा भएको फाइनल प्रतियोगितामा चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुलकी विद्यार्थी थाम्सुहाङले मिस एसइई र न्युटन्स एजुकेसन एकेडेमीका विद्यार्थी चौधरीले मिस्टर एसइईको उपाधि हात पारेका हुन् ।
त्यस्तै मिस एसइईको फस्ट रनरअप चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुलकी सलिना गुरागाईँ , सेकेन्ड रनरअप सुरुंगाको हरिकुल नमुना माविकी चेतसा न्यौपाने भए भने मिस्टर एसइईको फस्ट रनरअप इलामका उत्तम थापा र सेकेन्ड रनरअप चारआलीको सहिद दशरथ चन्द माविका योगेश लिम्बू भएका थिए ।
प्रतियोगितातर्फ मिस कन्फीडेन्ट स्नेहा ढुङ्गाना, वेस्ट वाल्क चेतसा न्यौपाने,वेस्ट स्माइल सेन्थीया लिम्बू, मिस हार्डवर्किङ संगीता राजवंशी, वेस्ट ट्यालेन्ट निसिम थाम्सुहाङ,मिस व्युटीफुल सुप्रिना सङ्ग्रौला, वेस्ट फिगर टोनिसा भण्डारी, मिस एक्टीभ प्रियङ्का लामिछाने, मिस फोटोजेनिक सलिना गुरागाईँ, मोस्ट फ्रेण्डली अनिक चौधरी, मोस्ट हेण्डसम उत्तम थापा, मोस्ट अनेस्ट आशिका ढकाल, मिस पर्सनालिटी विपिसा सङ्ग्रौला, मिस्टर इनरजेटिक निश्चल लिम्बू, मिस पङच्युअल चेतकुमारी लिम्बू, मिस मोरालिटी सञ्जु मिया, मिस्टर फोटोजेनिक योगेश लिम्बू, मिस डिसिप्लेन बिपीका राजवंशी, वेस्ट डान्सर कृतिका लिम्बू, मिस चार्मिङ लिजा राई, मिस पपुलर चेतकुमारी लिम्बू, मोस्ट पपुलर कृतिका लिम्बू, भ्युवर च्वाइज सुप्रिना सङ्ग्रौलाले उपाधि प्राप्त गरे ।
प्रतियोगितामा श्वेता श्रेष्ठ, चेतन ढुङ्गेल, स्वस्तिका आचार्य र सविना लिम्बू निर्णायकको भूमिकामा रहेका थिए ।
प्रतियोगिताका विजेताहरूलाई निदी स्कुल तथा इन्द्रेणी क्याम्पस बिर्तामोड, हरिकुल सुरुङ्गा, आदर्श स्कुल अफ होटेल म्यानेजमेन्ट बिर्तामोड, होलीवेल इङ्लिस स्कुल धुलाबारी, पशुपति इङ्लिस स्कुल सुरुङ्गा, , स्प्रिङडेल कलेज फर हस्पिटालिटी म्यानेजमेन्ट बिर्तामोड, सिद्धार्थ इङ्लिस स्कुल खोर्साने , ब्राइट फ्युचर इङ्लिस स्कुल सुन्दर हरैचा , युएन नवोदय कलेज धरानले शतप्रतिशत छात्रवृत्ति उपलब्ध गराउने आयोजकले जनाएको छ ।
बिर्ता मिडिया इन्टरटेन्टमेन्ट प्रालिका निर्देशक एलसी श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईँको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक दिनेशराज शर्माले स्वागत गरेका थिए ।
कार्यक्रममा प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष छत्र कार्की, झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत, प्रतियोगिताको एजुकेसन पार्टनर निदी सेकेण्डरी स्कुल तथा इन्द्रेणी क्याम्पसका प्रमुख रञ्जित शाहलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट र देश भक्तिपूर्ण नृत्य प्रस्तुत गरेर दर्शक तथा श्रोताको मन जितेका थिए । कार्यक्रमको सञ्चालन सुरज प्रधान र अनुप भण्डारीले गर्नुका साथै सबिना श्रेष्ठ र आरती गौतमले कोरियोग्राफी गरेको इभेन्ट म्यानेजर विजय लिम्बूले जानकारी दिए ।