२०८३ बैशाख ३ गते , विहीबार

हलेसीसहित तीन पर्यटकीयस्थलमा संग्रहालय बनाउने सरकारको घोषणा

sajilo news
झापा
२०८० जेष्ठ १५ गते , सोमबार
हलेसीसहित तीन पर्यटकीयस्थलमा संग्रहालय बनाउने सरकारको घोषणा

सरकारले खोटाङको हलेसीसहित तीन पर्यटकीय स्थललाई सांस्कृतिक संग्रहालय बनाउने घोषणा गरेको छ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले खोटाङको हलेसी तुवाचुङ क्षेत्र, मधेश प्रदेश मिथिला क्षेत्र र बाजुराको बडिमालिका क्षेत्रलाई खुला सांस्कृतिक संग्रहालयका रूपमा विस्तार गरिने जानकारी दिए। 

यस्तै लारुम्बा मुन्धुम, ट्रेल हलेसी तुवाचुङ, खुवालुङ आदी स्थान समेटेर किरात सांस्कृतिक सर्किटको निर्माण गरिने भएको छ। सरकारले कोशी प्रदेशको पाथीभरा, हलेसी, किरातीहरुको उद्गमस्थल तुवाचुङ र चतरा बराह क्षेत्र मधेशको गढीमाई र छिन्नमस्ता लगायतका धार्मिक तथा सांस्कृतिक क्षेत्रको विकास रसौन्दर्यकरण गने भएको छ। त्यसका लागि दुई अरब १३ करोड रकम विनियोजन गरिएको अर्थमन्त्री महतले जानकारी दिए। 

सम्बन्धित समाचार