२०८३ बैशाख ३ गते , विहीबार

बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित

sajilo news
झापा
२०८० जेष्ठ १५ गते , सोमबार
बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित

अर्थ मन्त्री डा. प्रकाशशरण महतले आगामी बजेट बजेट समृद्धि सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित रहेको बताएका छन्। 

सोमबार आ.व. ०८० र०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री ​महतले युवालाई मुलुकभित्रै आर्थिक गतिविधिमा प्रेरित गर्ने, उद्यमशिलता विकास, गरिवि निवारणमा जोड दिइएको बताए। 

स्रोत साधनको प्रभावकारी र परिमाणमुखी उपयोगमा ध्यान दिइएको उनको भनाइ छ। उनले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलब १६ प्रतिशत रहने अनुमान गरिएको बताए। 

उनले विश्व अर्थतन्त्रमा देखिएको शिथिलता र आन्तरिक कारणले आर्थिक गतिवधिमा सुस्तता आएको हुँदा आर्थिक वृद्धिदर न्यून हुने देखिएको बताए।  उनले राजश्व संकलन पनि गत वर्षभन्दा ५ प्रतिशत कम उठ्ने अनुमान गरिएको बताए। 

सम्बन्धित समाचार