२०८३ बैशाख २६ गते , शनिबार

झापामा कैदी भगाएर फरार भएका व्यक्ति १५ बर्षपछि पक्राउ

sajilo news
झापा
२०८० जेष्ठ ९ गते , मंगलबार
झापामा कैदी भगाएर फरार भएका व्यक्ति १५ बर्षपछि पक्राउ

कैदी भगाएको र चोरी मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका छन्।  जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले कैदी भागे भगाएको सम्बन्धी मुद्दाका साबिक शनिश्चरे गाविस-७ हाल अर्जुनधारा नगरपालिका-११ का ४६ वर्षीय सागर दाहाल र चोरी मुद्दाका बाह्रदशी गाउँपालिका-६ का २६ वर्षीय करण भन्ने नगेन्द्र चौधरीलाई मंगलबार पक्राउ गरिएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। 

प्रहरीका अनुसार झापा जिल्ला अदालतको २०६५ जेठ २६ गतेको फैसला अनुसार कैदी भागे भगाएको सम्बन्धी मुद्दामा दाहाललाई दुई महिना कैद र दुई सय रुपैयाँ जरिवानासहितको सजाय तोकेको छ। 

त्यस्तै झापा जिल्ला अदालतको २०७८ कार्तिक १४ गतेको फैसला अनुसार ५ वटा चोरी मुद्दामा चौधरीलाई एक वर्ष ६ महिना कैद र ७५ हजार जरिवानासहितको सजाय तोकेको छ। पक्राउ परेका दुवै जनालाई अदालतमा पेस गरी कैद भुक्तानका लागि झापा कारागार भद्रपुर पठाइसकेको डीएसपी रिजालले बताए।

सम्बन्धित समाचार