२०८१ श्रावण ३ गते , विहीबार

चर्चित बङ्गाली अभिनेत्री सुचन्द्राको सडक दुर्घटनामा निधन

sajilo news
एजेन्सी
२०८० जेष्ठ ८ गते , सोमबार
चर्चित बङ्गाली अभिनेत्री सुचन्द्राको सडक दुर्घटनामा निधन

बङ्गाली टिभी उद्योगकी चर्चित अभिनेत्री सुचन्द्रा दासगुप्ताको निधन भएको छ । अभिनेत्री सुचन्द्राको सडक दुर्घटनामा निधन भएको हो । जानकारीका अनुसार सुचन्द्रा शनिबार राति सुटिङबाट घर फर्किरहेकी थिइन् । उनले घर फर्किन एपमार्फत मोटरसाइकल बोलाएकी थिइन् । प्रहरीका अनुसार घर फर्कने क्रममा साइकल चढेका एक व्यक्तिले अचानक बाटा काटेका कारण मोटरसाइकल चालकले अचानक ब्रेक लगाए ।

सो समयमा मोटरसाइकललाई पछाडिबाट लरीले ठक्कर दियो । प्रहरीले जानकारी दिए अनुसार ठक्करका कारण २९ वर्षीय नायिका सुचन्द्रा मोटरसाइकलबाट खसिन् र उनलाई पछाडिबाट आइरहेको ट्रकले किचिदियो जसका कारण नायिकाको घटनास्थलमा नै मृत्यु भयो । घटना भएको केही समय पछि बारानगर प्रहरी घटनास्थल पुग्यो । प्रहरीले ट्रक जफत गरेको छ र चालकलाई पनि आफ्नो नियन्त्रणमा लिएको छ ।

को थिइन् सुचन्द्रा दासगुप्ता ?
सुचन्द्रा दास गुप्ता बङ्गाली टिभी उद्योगकी चर्चित नायिकामध्ये एक थिइन् । उनले थुप्रै चर्चित बङ्गाली टेलिभिजन शोमा काम गरेकी थिइन् । ‘गौरी’ मा सहायक भूमिका निर्वाह गरेर उनले धेरै चर्चा बटुलेकी थिइन् ।

सम्बन्धित समाचार