२०८३ बैशाख ५ गते , शनिबार

मेचीनगरमा जिल्लास्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु

sajilo news
झापा
२०८० जेष्ठ ४ गते , विहीबार
मेचीनगरमा जिल्लास्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु

मेचीनगर । झापाको मेचीनगरमा बिहीबारदेखि सुरु भएको झापा जिल्लास्तरीय अन्तरविद्यालय छात्र तथा छात्रा क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सूर्योदय आवसिय मावि र अरुणोदय अङ्ग्रेजी माविले विजयी सुरुवात गरेको छ ।

मिलन क्रिकेट क्लबको आयोजनामा आगामी ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत आज भएको छात्रा तर्फ उद्घाटनको पहिलो खेलमा सूर्योदय आवसिय माविले काँकडभिट्टा माविलाई ९ विकेटले पराजित गरेको छ । काँकडभिट्टा माविले सबै विकेट गुमाएर ४९  रन जोडेको थियो । ५० रनको तार्केट लिएर मैदान उत्रेको सूर्योदयले ९ विकेटले विपयी हासिल गर्‍यो । खेलको प्लेयर अफ द म्याच २ विकेट लिँदै २० रन जोड्ने विजेता टिमकी अदिती अधिकारी घोषित भइन् ।

त्यस्तै आज नै भएको छात्र तर्फको खेलमा अरुणोदय अङ्ग्रेजी माविले विजयी सुरुवात गरेको छ । टस जितेर पहिले व्याटिङ्ग रोजेको अरुणोदय ७९ रन जोडेको थियो । ८० रनको तार्केट लिएर मैदान उत्रेको सूर्योदय आवसिय माविले ३१ रन मात्रै जोड्न सक्यो । खेलको प्लेयर अफ द म्याच विजेता २ विकेट लिँदै ६ रन जोड्ने विजेता टिमका सुदिप गौतम घोषित भए ।

प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमशः नगद २० हजार र १० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द म्याच, म्यान अफ द सिरिज, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट किपर र उत्कृष्ट क्याचका रुपमा खेलाडी छनोट गरी अवार्ड प्रदान गरिने आयोजक मिलन क्रिकेट क्लबका अध्यक्ष बिरु श्रेष्ठले जानकारी दिए । 

 

सम्बन्धित समाचार