२०८३ बैशाख ५ गते , शनिबार
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत
सरकारले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर १०/१० रुपैयाँ घटाउने निर्णय गरेको हो। यससँगै डिजेल र मट्टितेलको मूल्य १५५ कायम भएको छ। पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।
इन्डियन आयल कर्पोरेशनले सोमबार पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको थियो। जसमा पेट्रोलको ९।५२ रुपैयाँ घटाएको थियो। तर नेपाल आयल निगमले भने पेट्रोलको मूल्य यथावत राखेको छ। निगमका प्रवक्ता मनोज ठाकुरले नेपाल र भारतको सीमानामा समान मूल्य कायम गर्ने मान्यताअनुसार सञ्चालक समितिले पेट्रोलको मूल्य यथावत राख्ने निर्णय भएको बताए।