२०८० जेष्ठ १६ गते , मंगलबार
चलचित्र 'दि केरला स्टोरी' पश्चिम बंगालमा प्रतिबन्ध

मुम्बई । बिबादस्पद चलचित्र ‘दि केरला स्टोरी’लाई पश्चिम बंगालमा प्रतिबन्ध गरिएको छ । राज्यको शान्ति र अमनचयनका लागि ठिक नभएको भन्दै चलचित्रलाई प्रतिबन्ध गरिएको हो । चलचित्रलाई उत्तर प्रदेशमा भने करमुक्त गरिएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ‘दि केरला स्टोरी’लाई टयाक्स फ्रि गर्ने घोषणा गरेका हुन । उनले भनेका छन, ‘दि केरला स्टोरीलाई उत्तर प्रदेशमा टैक्स फ्री गरिनेछ ।’ यो चलचित्रलाइ लिएर भारतीय राजनीतिमा पनि चर्चा परिचर्चा हुन सुरु गरेको छ ।