२०८३ बैशाख ७ गते , सोमबार
एसीसी प्रिमियर कप विजेता खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने सरकारको निर्णय
सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ६ लाख दिने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालेले एसीसी क्रिकेट प्रतियोगितामा विजयी खेलाडी र प्रमुख प्रशिक्षकलाई जनही ६ लाख र अन्य अफिसियल टिमलाई ३ लाख रुपैयाँ दिने निर्णय भएको बताइन्। मंगलबार कीर्तिपुरमा भएको अन्तिम खेलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि उचालेको थियो ।