२०८१ मंसीर ३० गते , आईतबार

पहिलो पटक ‘मेट गाला २०२३’ मा अभिनेत्री आलिया

sajilo news
एजेन्सी
२०८० बैशाख २० गते , बुधबार
पहिलो पटक ‘मेट गाला २०२३’ मा अभिनेत्री आलिया

बलिउड अभिनेत्री आलिया भट्ट ‘मेट गाला २०२३’ मा सहभागी हुन न्युयोर्क पुगेकी छिन्। उनी पहिलो पटक मेट गालाको रातो कार्पेटमा सहभागी भएकी छिन्। मेट गालामा उनी सेता मोती जडित लुगामा पुगिन्। जसमा एक लाख मोती जडित रहेको बताइएको छ ।

आलियाले इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गर्दै उक्त लुगा भारतमा बनेको जानकारी दिइन् । ‘मेरो लुक सुपर मोडल क्लाउडिया सिफरबाट प्रभावित छ । म पहिलादेखि भारतमा बनेको यस्तो लुगा लगाउन चाहन्थेँ । प्रबल गुरुङले माया र मिहेनत गरेर एक लाख मोती जडित लुगा बनाएको छु,’ उनले लेखिन। नेपालीमूलक प्रबल गुरुङ फेसन डिजाइनमा अन्तर्राष्ट्रिय स्तरमै चर्चित छन् ।

केही दिनअघि आलियाले ‘गंगुबाई काठियावाडी’बाट फिल्म फेयर अवार्डमा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात समेत हात पारेकी थिइन् । आलिया हलिउड चलचित्र ‘हार्ट अफ स्टोन’ मा देखिँदै छिन् । यो उनको हलिउड डेब्यू चलचित्र हो । त्यस्तै उनी बलिउड चलचित्र ‘जीले जरा’ मा पनि देखिने छिन् । 

सम्बन्धित समाचार