२०८३ बैशाख ३ गते , विहीबार

प्रदेश स्तरीय महिला गोल्डकप : मिक्लाजुङ सेमिफाइनलमा

sajilo news
झापा
२०८० बैशाख ११ गते , सोमबार
प्रदेश स्तरीय महिला गोल्डकप : मिक्लाजुङ सेमिफाइनलमा

बिर्तामोड । मिक्लाजुङ गाउँपालिका मोरङ झापाको बिर्तामोडमा जारी प्रथम प्रदेश स्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

बिर्तामोड–१० स्थित महेन्द्र ज्योति मा।वि।को मैदानमा भएको खेलमा महमाई एकता क्लब इलामलाई १ –० गोल अन्तरले पराजित गर्दै मोरङको मिक्लाजुङ गा।पा।को टिम सेमिफाइनलमा प्रवेश गरेको हो । 

बिर्तामोड–१० स्थित सैनिक मोडको ‘अल इन वान’ क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा मिक्लाजुङका लागि पूर्णिमा राईले खेलको ८ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । 

विपक्षी खेलाडीले डी–एरिया भित्र मिक्लाजुङकी खेलाडी सम्झना बेघालाई लडाएपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै उनले टिमका लागि एक गोल गरेकी थिइन् ।

खेल अवधिभर दबाबमा परेको महमाईले भने गोल स्कोर गर्न सकेन । मिक्लाजुङले पाएको पेनाल्टी प्रहारको अवसर उसका लागि दुर्भाग्य बन्यो । 

उत्कृष्ट खेल प्रदर्शन गरेको मिक्लाजुङले गाले गर्ने थुपै अवसर पाए पनि महमाईकी गोल रक्षक पवित्रा लिम्बुले विफल पारिदिएकी थिइन् । 

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी महमाईकी गोल रक्षक लिम्बु ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । उनले नगद ३ हजार पुरस्कार पाइन् । उनलाई बिर्तामोड–१० का वडाअध्यक्ष दुर्योधन गुरुङले पुरस्कार प्रदान गर्नुभएको थियो । 

१६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक संस्था ‘अल इन वान’ क्लबका अध्यक्ष कृष्ण योञ्जनले जानकारी दिए।  प्रतियोगितामा भोलि सोमबार नमोबुद्ध युवा क्लब सप्तहरू र ताप्लेजुङ महिला फुटबल क्लब बिच प्रतिस्पर्धा हुने छ । 

झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा झापा, इलाम, ताप्लेजुङ, सुनसरी, मोरङ, धनकुटा, उदयपुर र सप्तरीका ८ वटा टिमको सहभागिता रहने आयोजकले बताएको छ ।
 

सम्बन्धित समाचार