२०८३ बैशाख ३ गते , विहीबार

चेन्नाईलाई हराउँदै राजस्थान आइपीएलको शीर्ष स्थानमा

sajilo news
एजेन्सी
२०७९ चैत्र ३० गते , विहीबार
चेन्नाईलाई हराउँदै राजस्थान आइपीएलको शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल) राजस्थान रोयल्सले चेन्नाई सुपर किङ्सविरुद्ध तीन रनको रोमाञ्चक जित निकालेको छ। जितसँगै राजस्थान लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। 

एमए चिदम्बरम रंगशालामा गएराति सम्पन्न खेलमा राजस्थानले प्रस्तुत गरेको १७६ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७२ रनमात्र बनाउन सक्यो। चेन्नाईका डेविड कोनवेले ५० रन बनाए पनि टिमको हार टार्न सकेनन्। कप्तान महेन्द्र सिंह धोनीले ३२, अजिन्क्या रहानेले ३१ र रवीन्द्र जडेजाले २५ रन बनाए। राजस्थानका रविचन्द्र आस्विन र युजवेन्द्र चहलले समान दुई विकेट लिए। 

त्यसअघि टस हारेपछि ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७५ रन बनाएको थियो।  राजस्थानका जस बटलरले ५२ रन बनाउँदा देवदत्त पडिकलले ३८ रन र  रविचन्द्र आस्विन र सिमरन हेटमायरले समान ३० रन बनाए। ​चेन्नाईका आकाश सिंह, रवीन्द्र जडेजा र तुसार देशपान्डेले समान दुई विकेट लिए। 

जितसँगै चार खेलबाट ६ अंक जोडेको राजस्थान तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। चार खेलबाट चार अंक जोडेको चेन्नाई तालिकाको पाचौं स्थानमा छ।

सम्बन्धित समाचार