२०८३ बैशाख २४ गते , विहीबार
मोरङमा अर्कोको नाममा एसइई परीक्षा दिने पक्राउ
प्रहरीले मोरङबाट अर्कैको नाममा एसइई परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा बुधवार ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट २८ वर्षीय सुस्मिता लिम्बूलाई पक्राउ गरेको हो । लिम्बूले कल्पना लिम्बूको परीक्षा दिइरहेको अवस्थामा भेटेपछि प्रहरीले लिम्बूलाई पक्राउ गरेको हो । नरग्राम माध्यमिक विद्यालय टंकीसिनवरीकी परीक्षार्थी सिम्बल नं. ००९१२४९७ भएकी कल्पनाको परीक्षा दिइरहेको अवस्थामा सुनसरी धरान उप महानगरपालिका वडा-५ की सुस्मिता लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले बताए । पक्राउ परेका लिम्बूमाथि अनुसन्धान भइरहेको दाहालले बताए ।