२०८३ बैशाख २४ गते , विहीबार

झापामा नक्कली कागजात बनाएर तीन वटा मोटरसाइकल बिक्री गर्दागर्दै एक पक्राउ

sajilo news
झापा
२०७९ चैत्र २१ गते , मंगलबार
झापामा नक्कली कागजात बनाएर तीन वटा मोटरसाइकल बिक्री गर्दागर्दै एक पक्राउ

(तिलक योञ्जन) अर्जुनधारा । प्रहरीले झापाको अर्जुनधारा–३ खुदुनाबारीबाट तीन वटा अवैध मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–३ स्थित आइतबारे बजार नजिकैबाट ३ वटा नक्कली कागजात बनाएका अवैध मोटरसाइकलसहित झापा हल्दीबारी गाउँपालिका १ का ४४ वर्षीय जगत् बहादुर लिम्बुलाई पक्राउ गरेको हो ।

नक्कली ब्लुबुक बनाई झुक्क्याएर बिक्री गर्दै गरेको विशेष सूचनाको आधारमा आज बिहान १० बजे अस्थायी प्रहरी चौकी खुदुनाबारीका इन्चार्ज प्रहरी सहायक निरीक्षक यामनाथ भट्टराई नेतृत्वको टोलीले छापा मारेर मोटरसाइकलसहित लिम्बुलाई पक्राउ गरेको हो ।

लिम्बुसँगै प्रहरीले बिक्री गर्न लागेको बागमती प्रदेश ०२–०३८ प ३१६३ नम्बर र बागमती प्रदेश ०२–०३२ प १६२३ नम्बरको केटीएम डुक मोटरसाइकल दुई थान र बागमती प्रदेश ०२–०३५ प १६६६ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल १ थान पक्राउ गरेको हो । ३ वटै मोटरसाइकलको सक्कल ब्लुबुक समेत फेला परेको प्रहरीले बताएको छ ।

त्यस्तै लिम्बुको साथबाट न्यु धनुषा टे«डर्सको पान बिल ८ थान, न्यु धनुषा टे«डर्सको खरिद बिक्री सम्झौता १ थान, रसिद १ थान, स्टाम्प प्याड १ थान, झोला १ थान, नागरिकताको फोटोकपी १ थान र जग्गा खरिद बिक्रीको सम्झौताका कागजातहरू फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनि बिर्तामोडले थप अनुसन्धानको प्रक्रिया अघि बढाएको छ ।

सम्बन्धित समाचार